सन्चिता शाही बनिन् बर्षकै बेष्ट मोडल
लोकप्रिय मोडल सन्चिता शाहीले बेष्ट मोडलको अवार्ड पाएकी छिन् । मंगलबार काठमाडौंको र्याडिसन होटलमा सम्पन्न स्टार इन्टरनेशनल अवार्ड २०२१ मा भयौ परदेशी गीतबाट बेष्ट मोडल (महिला) तर्फको अवार्ड प्रदान गरिएको हो । यसअघि सन्चिताले पाँच वटा अवार्ड पाइसक्नुभएको छ भने यो छैठौं अवार्ड हो ।

नेपाली म्युजीक भिडियोको क्षेत्रमा तीनसयको आसपासमा अभिनय गरिसक्नुभएकी सन्चिताले अवार्ड पाउँदै गर्दा खुसी ब्यक्त गरिन् । यस्तो किसिमका अवार्डले काम गर्न थप उर्जा प्रदान गर्ने सन्चिताको भनाई छ ।
