सानिया मिर्जाले श्रीमान् शोएब मलिकका लागि बजाइन् ताली, सोसल मिडियामा हंगामा
टी२० क्रिकेट विश्वकपको सेमिफाइनल खेल हेर्नेमा सानिया मिर्जा एक्ली भारतीय हुन् वा होइनन् यो त सटिक रुपमा भन्न सकिँदैन तर सोसल मिडियामा चलिरहेको यो हल्लाखल्लाको आफ्नै कारण छ ।वास्तवमा नामिबियासँग आफ्नो अन्तिम प्रतिस्पर्धा खेलिरहेको भारतमाथि यो खेलको नतिजाको कुनै असर पर्नेवाला छैन र सेमिफाइनल म्याचमा स्थान बनाउने टिमबारे पहिल्यै घोषणा भइसकेको छ ।
इङ्गल्याण्ड, न्यूजिल्याण्ड, पाकिस्तान र अष्ट्रेलिया यो दौडमा भारतभन्दा अघि रहे र कप्तान विराट कोहलीको समूह निकै अघि नै रेसबाट बाहिरिसकेको छ । सोनिया मिर्जामाथि चलिरहेको बहसबारे कुरा गरौं । सानिया मिर्जाका श्रीमान् शोएब मलिकले आइतबार स्कटल्याण्डविरुद्ध १८ बलमा ५४ रनको बिस्फोटक पारी खेले र उक्त खेललाई सानिया मिर्जाले पनि स्टेडियममा हेरिरहेकी थिइन् ।
उनले शोएब मलिकलाई चियर गरिन्, उत्साह बढाउनका लागि ताली बजाइन् र सोसल मिडिया प्लेटफर्म विशेषगरी ट्वीटर हंगामा मच्चाए ।
