दुबईमा श्रीमतीसँग रमाउँदै राजेश हमाल
एक कार्यक्रमका लागि दुबई पुगेका अभिनेता राजेश हमालका लागि यसपटकको दुबई घुमघाम अलिकति फरक नै रह्यो।
किनभने यसपटक उनी कार्यक्रममा भाग लिन मात्रै त्यहाँ पुगेका होइनन्, उनी श्रीमती मधु हमालको बर्थ डे सेलिब्रेसनका लागि पनि दुबई पुगेका हुन्।

दुबईमा उनले यसपटक धुमधामका साथ श्रीमती मधुको जन्मदिन मनाए । मधुको जन्मदिनको पार्टीमा दुबईमा रहेका केही नेपालीहरू पनि सहभागि थिए । हमालले मधु र आफू निकट केही साथीभाईलाई निमन्त्रणा गरेका थिए।

मधुको जन्मदिनमा नेपाली फ्यानहरूले पनि सरप्राइज पार्टी दिएका थिए। हमाल यसपटकको विदेश घुमघाममा निकै खुसी देखिएका छन्। कोरोना महामारीपछि उनको यो पहिलो विदेश कार्यक्रम पनि हो।

दुबईमा लगभग एक हप्ता बिताएका उनीहरू आजै नेपाल फर्किने कार्यक्रम रहेको उनले प्रतिक्रिया दिए।



.png)