विश्वकप फुटबलमा छनोट भएका यूरोपका १० टोली (सूचीसहित)
विश्वकप फुटबल खेल्ने यूरोपका १३ मध्ये १० टोलीको टुंगो लागेको छ। बाँकी ३ टोली प्ले अफबाट छनोट हुनेछन्।
यसपटक यूरोपका फुटबल महाशक्तिहरु नै विश्वकपमा छनोट भएका छन्। साविक विश्व विजेता फ्रान्स, फिफा वरियताको नम्बर एक टोली बेल्जियम, चारपटकको विश्वकप विजेता भइसकेका जर्मनी, स्पेन पनि छनोट भए। इंग्ल्यान्ड र सर्बिया पनि छनोट भए। नेदरल्यान्ड पनि यसपटक विश्वकपमा छनोट भयो। सन् २०१८ को विश्वकपमा छनोटबाट बाहिरिएको थियो।
यूरोपबाट छनोट भएका देशहरु
सर्विया
स्पेन
स्वीजरल्यान्ड
फ्रान्स
बेल्जिम
डेनमार्क
नेदरल्यान्ड
क्रोएसिया
इंग्ल्यान्ड
जर्मन
-एजेन्सी
