अाेमिक्राेनलाई अहिले प्रयोगमा अाएकै खोपले काम गर्छ: डब्लूएचओ
अहिले प्रयोगमा आइरहेका खोपहरूले नै कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनलाई काम गर्ने विश्व स्वास्थ्य संगठन (डब्लूएचअो) ले जनाएको छ । अहिले प्रयोग भइरहेका खोपले ओमिक्रोन भेरियन्टबाट सङ्क्रमित भए पनि गम्भीर बिरामी हुनबाट जोगाउने डब्ल्यूएचओका आपत्कालीन निर्देशक डा माइक रायनले बताएका छन् ।
प्रचलित खोपले सबै भेरियन्टका सङ्क्रमितलाई अस्पताल जानबाट जोगाउने उनको भनाइ छ । दक्षिण अफ्रिकामा ओमिक्रोन सङ्क्रमितहरूमा गरिएको एउटा ल्याब परीक्षणमा अहिले प्रयोगमा आएकै खोपले काम गर्ने देखिएको हो । चलन चल्तीमा अाएका खोप कति हदसम्म प्रभावकारी हुन्छन् भन्ने बारेमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।
-एजेन्सी
