लेवान्डोस्कीले तोडे मुलरको कीर्तिमान
रोबर्ट लेवान्डोन्सीले गर्ड मुलरको बुन्डेस लिगामा एकै वर्षमा सबैभन्दा धेरै गोल गरेको कीर्तिमानलाई भंग गरेका छन् । वुल्फ्सवर्गविरुद्धको खेलमा सन् २०२१ को ४३ गोल पुरा गर्दै लेवान्डोस्कीले सो कीर्तिमान बनाएका हुन् । ३३ वर्षीय पोल्याण्डका स्ट्राइकरले खेल सकिन ३ मिनेट बाँकी छँदा सो गोल गरेका थिए । यो वर्ष बायर्न म्युनिख र पोल्याण्डका लागि उनले ५९ खेलमा ६९ गोल गरेका छन
शुक्रबार राति भएको खेलमा बायर्नले वुल्फ्सवर्गलाई ४–० गोलले पराजित गरेको छ । बायर्नको जीनमा थोमस मुलर, डायोट उपामेकानो र लेरोय सानेले १–१ गोल गरे । जीतसँगै बायर्नले ४३ अंक बटुल्दै लिगको शीर्ष स्थानमा ९ अंकको अग्रता बनाएको छ । दोस्रो स्थानमा रहेको बोरुसिया डर्टमण्डले ४३ अंक छ । डर्टमण्डले एक खेल कम खेलेको छ ।
