प्रतितोला सात सयले बढ्यो सुन.
साताको पहिलो दिन आज सुनको मूल्य प्रति तोला ९३ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार सुन प्रतितोला ९२ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो।
गत शुक्रबारको तुलनामा आज सुन प्रतितोला सात सय रुपैयाँले बढेको हो।
त्यस्तै आज चाँदीको मूल्य १२ सय ७० पुगेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार भने चाँदी प्रति तोला १२ सय ६० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय २९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
