प्रदीप पौडेलसहित तीन जनालाई देउवाले गरे केन्द्रीय सदस्यमा मनोनीत
नेपाली कांग्रेसका नेता प्रदीप पौडेलसहित तीन जना नेतालाई सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य मनोनीत गरेका छन्।
पौडेल देउवा समूहबाट महामन्त्री उम्मेदवार भए पनि पराजित भएका थिए।
साथै कर्णालीका मुख्यमन्त्रीसमेत रहेका जीवनबहादुर शाही पनि केन्द्रीय सदस्य मनोनीत भएका छन्। उनी सहमहामन्त्रीमा पराजित भएका थिए।
साथै सभापतिमा पराजित भएका कल्याणकुमार गुरूङलाई पनि देउवाले केन्द्रीय सदस्य मनोनीत गरेका छन्। गुरूङले दोस्रो चरणमा देउवालाई सभापतिमा समर्थन गरेका थिए।
सभापति देउवाले शनिबार रामचन्द्र पौडेलसहित १० जनालाई केन्द्रीय सदस्य मनोनीत गरेका थिए। देउवाले ३३ जनालाई केन्द्रीय सदस्य मनोनीत गर्न पाउने व्यवस्था छ।

