संक्रमितको जीवन बचाउन लागि स्वास्थ्य सामग्री सहयोग
दैलेख । विश्वव्यापी फैलिएको दोस्रो भेरियन्टको कोभिड १९ को संक्रमणबाट जीवन बचाउनका लागि काठमाण्डौमा रहेका समाजसेवी ओम रिजाल र मिना थापाले दैलेखलाई स्वास्थ्य सामाग्री पठाएका छन् ।
‘दैलेखका लागि अक्सिजन अभियान’मा संकलित रकमबाट स्वास्थ्य सामग्री खरिद गरी द्धय रिजाल र थापाले स्वास्थ्य सामाग्री खरिद गरि दैलेख पठाएका हुन् ।
दैलेख अस्पताल र दुल्लू अस्पतालमा उपलब्ध गराइएका ५ थान अक्सिजन सिलिण्डर, ६ वटा अक्सिजन कन्सन्ट्रेटर मेसिन खरिद गरी पठाइएको सामग्री समाजसेबी जगतजंग थापाले सोमबार स्वास्थ्य सेवा कार्यालय दैलेखका व्यवस्थापक थीरप्रसाद रेग्मीलाई हस्तान्तरण गरेका थिए ।
पसामग्रीहरु हस्तान्तरण कार्यक्रममा दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद देवकोटाले मनकारीहरुको सहयोगले कोरोना संक्रमितहरुको जीवन रक्षामा सहयोग पुग्ने भन्दै रकम संकलन गर्ने अगुवाहरु लाई धन्यवाद दिए ।

आठ लाख दुई हजार नौ सय ४५ मध्ये सात लाख १५ हजार नौ सय रुपैंयाँ ती सामग्री खरिद गरिएको थियो भने संकलित रकम मध्ये बाँकी रहेको ८७ हजार ४५ रुपैंयाँको मास्क, सेनिटाइजर लगायत स्वास्थ्य सामग्री पठाउने तयारी भएको ‘दैलेखका लागि अक्सिजन अभियान’का अभियान्ता मीना थापाले बताईन ।
२२ हजार एक सय ८० का दरले एक लाख १० हजार नौ सय रुपैंयाँमा पाँच थान अक्सिजन सिलिण्डर, पाँ लीटरको एक थान अक्सिजन कन्सन्ट्रेटरलाई एक लाख १० हजार रुपैंयाँ र तीन लिटरका पाँच वटा अक्सिजन कन्सन्ट्रेटर मेसिन चार लाख ९५ हजार रुपैंयाँमा किनिएको जनाइएको छ ।
सहयोगी मनहरुले दिएको सहयोगलाई स्वास्थ्य सेवा कार्यालयको सल्लाहमा आवश्यकताका आधारमा सामग्री गरिद गरिएको र पारदर्शितामा आफूहरु प्रतिवद्ध रहेको ‘दैलेखका लागि अक्सिजन अभियान’का अर्का अभियन्ता ओम रिजालले बताए ।
संकलित रकम मध्ये सबै भन्दा धेरै अमेरिकाको भजेनियामा बस्ने दैलेखको डुंगेश्वरका कमला केसीले २५ हजार, दैलेख उद्योग बाणिज्य संघका जिल्ला अध्यक्ष कुलबहादुर बिकले २० हजार, नारायण नगरपालिका–२ जाहारकोटका समाजसेवी जगतजंग थापा र भैरबीका राजेन्द्र शाहीले जनही १५ हजार दिएर अभियानलाई सहयोग गरेका थिए ।
