ठाटिकाँधको १७औँ गाउँसभा सम्पन्न, बजेट सर्वसम्मत पारित
दैलेख । ठाटिकाँध गाउँपालिकाको १७औँ गाउँसभा शुक्रबार सम्पन्न भएको छ। गाउँसभा २०८२ असार १० गते उद्घाटन गरिएको हो। उपाध्यक्ष देबिराम बडुवालले पेश गर्नुभएको आर्थिक विधेयक २०८२ र विनियोजन विधेयक २०८२माथि दफावार छलफल गरिँदै सर्वसम्मतले पारित गरिएको हो।


गाउँसभा बैठकमा सुशासन समितिका सभापतिले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी विधेयक २०८२ पेश गर्नुभयो। यस्तै, विषयगत समितिका सभापतिहरूले आ–आफ्ना प्रतिवेदनहरू पेश गर्नुभएको थियो। ती सबै प्रतिवेदनहरू पनि बुँदागत छलफलपछि सर्वसम्मत पारित गरिएको गाउँसभा सदस्य कर्ण बहादुर विकले जानकारी दिनुभयो।
गाउँपालिकाका अध्यक्ष रक्ष बहादुर शाहले आगामी वर्षका योजनामा शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, सडक, ऊर्जा, रोजगारी र सामाजिक सुरक्षालाई प्राथमिकता दिने बताउनुभयो। साथै, गाउँपालिकाभित्रका सबै वडामा विकासको समान पहुँच पुर्याइने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो।
गाउँसभा कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृतले गाउँपालिकाको बजेट संरचना र खर्च विवरण प्रस्तुत गर्नुभएको थियो।
