तत्कालका लागि घरमै बस्न कामकाजी महिलालाई तालिबानको ‘निर्देशन’
अफगानिस्तानका कामकाजी महिलाहरु तत्कालका लागि घरमै बस्नु पर्ने तालिबानले बताएको छ।
सुरक्षाको उपयुक्त प्रणाली स्थापित नभएसम्म कामकाजी अफगान महिलाहरु घरमै बस्नु पर्ने तालिबानका प्रवक्ताले बताएका हुन् । तालिबान प्रवक्ता जाबुहुल्लाह मुजाहिदले भनेका छन्, ‘यो अल्पकालीन व्यवस्था हो ।’
सन् १९९६ देखि २००१ सम्म तालिबान सत्तामा रहँदा उनीहरुले शरिया कानूनको निकै कडा कार्यान्वयन गरेका थिए । तालिबान समूहले अगस्ट १५ मा फेरि अफगानिस्तान नियन्त्रणमा लिएको छ । योसँगै पछिल्लो २० वर्षमा महिला अधिकारका क्षेत्रमा प्राप्त उपलब्धीहरु गुम्ने जोखिम रहेको छ ।
संयुक्त राष्ट्रसंघले तालिबानले शक्तिको दुरुपयोग गरेको र विशेष गरि महिलाहरुमाथि प्रतिबन्ध लगाएको विश्वसनीय खबर पाएको भन्दै चिन्ता व्यक्त गरेको छ ।
संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्त मिशेल बासलेटले मंगलबार महिलाका अधिकारहरु नै ‘फन्डामेन्टल रेड लाइन’ रहेको बताएकी छन् ।

विमानस्थल आसपासको क्षेत्र अस्तव्यस्त रहेको भन्दै उनले यस्तो आग्रह गरेका हुन् । अफगानिस्तानलाई आफ्ना नागरिकहरुको क्षमता चाहिने हुँदा अमेरिकाले उनीहरुलाई देश छोड्न ‘उक्साउन’ बन्द गर्नु पर्ने पनि उनले बताए ।
अमेरिकी सैनिकको नियन्त्रणमा रहेको काबुल स्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलबाट अहिलेसम्म ५८ हजार ७०० जना भन्दा बढीको उद्धार भएको छ ।
बेलायत, फ्रान्स, जर्मनीसहितले उद्धार अभियानको समयसीमा अगस्ट ३१ बाट बढाउन अमेरिकालाई दबाब दिइरहेका छन् । तर अमेरिकाले भने अहिलेसम्म अगस्ट ३१ कै समय सीमा रहेको बताएको छ ।
थप समाचार
–अफगानिस्तानबाट उद्धार गरिएकी महिलाले जहाजमै बच्चा जन्माइन्
