अफगानिस्तानबाट उद्धार गरिएकी महिलाले जहाजमै बच्चा जन्माइन्
अफगानिस्थान अपडेट
अफगानिस्तानबाट उद्धार गरिएकी एक महिलाले उडान पूरा नहुँदै सन्तान जन्माएकी छन्।
अमेरिकी सैनिकको कार्गो विमानमा उद्धार गरिएकी महिलालाई उडानकै क्रममा बेथा लागेको थियो। काबुलबाट जर्मनीको रामस्टाइन एअर बेसका लागि उडेको विमानमा ती महिला थिइन्।
उनलाई उडानकै बेला बेथा लाग्यो र रामस्टाइनमा विमान होल्डमा राखिएका बेला छोरी जन्माएको अमेरिकी वायु सेनाले जनाएको छ। उनलाई सुत्केरी गराउन आफ्ना स्वास्थ्यकर्मीहरुले सहयोग गरेको अमेरिकी वायु सेनाको भनाई छ।
आमा र बच्चा दुवै स्वास्थ्य अवस्था राम्रो रहेको र अहिले उनीहरु रामस्टाइन एअर बेस नजिकैको अस्पतालमा रहेका छन्।
विमान उडानकै क्रममा रहेका बेला महिला समस्यामा गएपछि पाइलटले एअर प्रेसर बढाएको र त्यसले उनको जीवन रक्षाका लागि सहयोग गरेको अमेरिकी वायु सेनाको भनाई छ।
अगस्ट १५ मा तालिबानले अफगानिस्तानमाथि नियन्त्रण कायम गरेसँगै हजारौँ अफगानीहरु देश छोड्न चाहमा काबुल स्थित विमानस्थल आसपास गएका छन्।
अमेरिकासहितका पश्चिमा देशहरुले आफ्ना नागरिक तथा कूटनीतिज्ञसँगै समस्यामा रहेका अफगानीहरुको पनि उद्धार गरिरहेका छन्।
Medical support personnel from the 86th Medical Group help an Afghan mother and family off a U.S. Air Force C-17, call sign Reach 828, moments after she delivered a child aboard the aircraft upon landing at Ramstein Air Base, Germany, Aug. 21. (cont..) pic.twitter.com/wqR9dFlW1o
— Air Mobility Command (@AirMobilityCmd) August 21, 2021
