कैलाश मानसरोवर दर्शनका लागि हुम्ला पुगे सद्गुरु
हुम्ला । चर्चित धार्मिक सद्गुरु ९जग्गी वासुदेव० नेपाल आएका छन् । हिन्दु र बौद्ध धर्मालम्वीहरुको महत्वपूर्ण तीर्थस्थल कैलाश मानसरोवरको दूर दर्शनका लागि सद्गुरु हुम्ला पुगेका हुन्।
कोरोनाका कारण चिनियाँ पक्षले हिल्सा नाका बन्द गरेपछि पहिलो पटक सद्गुरुसहित ५० जनाको भारतीय धार्मिक पर्यटकको टोली हुम्ला पुगेका हुन् ।
उनी बिहीबार बिहान तारा एयरको विमानमार्फत हुम्लाको सिमकोट विमानस्थल पुगेका छन् ।
सद्गुरुको टोलीले पैदल मार्गबाट लाप्चा पुगेर मानसरोवरको दर्शनका साथै पूजा पाठ गर्नेछ ।
