मेट गाला २०२१ : मास्कबाटै सेलिब्रेटिको चुम्बनदेखि होस उडाउने फेशन
कोरोना भाइरसका कारण अघिल्लो वर्ष चर्चित फेशन सो मेट गाला टरेको थियो। दुई वर्षपछि भएको सोमा भने हलिउड सेलिब्रेटीले धोको पुग्ने गरेर रमाए।
अमेरिकाको न्युयोर्कमा आयोजित फेशन सोमा कलाकार, फेशन डिजाइनरहरूको धमाकेदार उपस्थिती थियो। सोमा किम कर्दाशियनदेखि जेनिफर लोपेज, मेगन फक्सलगायतका सेलिब्रेटी पुगेका थिए।
अरू बेलाझैँ यो पटक पनि उनीहरूको ड्रामेटिक कस्ट्युमुले दुनियाँभरको ध्यान तान्न सफल भयो।
होस उडाउने ड्रेस
फेशन सो या अन्य कार्यक्रममा सेलिब्रेटीले सुन्दर ड्रेस लगाएर कार्यक्रमस्थल पुग्नु कुनै अनौठो कुरा त होइन। तर मेट गाला फेशन सोमा भने निकै अनौठो र होस उडाउने ड्रेस लगाएर सेलिब्रेटीहरू पुगेका थिए। हलिउडकी चर्चित अभिनेत्री मेगन फक्सले रातो पहिरनले सबैको मन जितिन्।
ुहाई थाई स्लीट गाउनुको साथमा उनले रातो झुम्का, रातै जुत्ता लगाएकी थिइन्। उनी यो ड्रेसमा सबैको नजर लाग्ने बनेकी थिइन्। गायिका तथा अभिनेत्री रिहाना भने पूरै कालो पहिरनमा आएकी थिइन्। उनले लगाएको ुवे हेड टु टोु कालो पहिरन निकै स्टाइलिस देखिएको थियो। साथमा उनले हिराको हार पनि लगाएकी थिइन्। उनी चर्चित हिप हप गायक तथा र्यापर एएसपी रकीको साथमा रेड कार्पेटमा उपस्थित भएकी थिइन्। रकी पनि मल्टीकलर ुकोटनुु पोसाकमाा जर्बजस्त देखिएका थिए।
तर सबैलाई चकित पार्दै निकै अनौठो भेष बनाएर फेशन सोमा पुगिन्, अभिनेत्री, फेसन डिजाइनर तथा व्यवसायी किम कर्दाशियन। उनी ुममीुले जस्तै पूरै अनुहार माक्समा बेरेर आएकी थिइन्। उनलाई देख्नेहरु छायाँ हो कि, वास्तविकता पत्ता लगाउन नसकेर झुक्किरहेका थिए।
यता, गायक तथा र्यापर लिल नास पहेँलपुर बनेर आएका थिए। ुरोयल लुक्सुमा थिए उनी। उनले पूरै सुनको ुसुपरहिरो कस्ट्युमु लगाएका थिए। उनको आउटफिटले धेरैको ध्यान तानेको थियो।
मास्क लगाएरै चुम्बन गरे जेनिफर र बेनले
फेशन सो मा हलिउड अभिनेत्री जेनिफर लोपेज राल्फ लाउरेनले तयार पारेको ड्रेसमा थिइन्। उनले ुडीप नेक गाउनु लगाएकी थिइन्, साथमा ड्रेससँगै मिल्ने खालको मास्क पनि। जेनिफरका ब्वाइफ्रेण्ड तथा फिल्म निर्माता बेन आफ्लेक भने फर्मल ड्रेस सुट लगाएर पुगेका थिए। बेनले पनि कालो रंगको मास्क लगाएका थिए। दुवै कार्यक्रममा साथै पुगे।
रातो कार्पेटमा दुवैले क्यामराका अगाडि पोज दिए। सबैको नजर उनीहरू तिरै थियो। यही मौकामा चौका हान्दै बेनले जेनिफर प्रतिको आफ्नो प्रेम दुनियाँलाई देखाउन कुनै कसर बाँकी राखेनन्। यी दुवैले मास्क लगाएरै क्यामराको अघि चुम्बन गरे।
