एमसीसी देशका लागि विकास हाेइन् विनास होः पञ्चा सिंह
अनेरास्ववियू क्रान्तिकारीकी उपाध्यक्ष पञ्चा सिंहले एमसीसी देशको विकासका लागि नभई विनास भएको बताएकी छिन्।
उनले एमसीसी देशको हितमा नभएको भन्दै त्यहको बहिस्कार गर्नुपर्ने बताएकी हुन्।
मंगलबार कैलालीमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २० औं जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै एमसीसी परियोजना तत्काल खारेज गर्नका लागि निर्णायक आन्दोलन गर्न आफूहरु तयारी अबस्थामा रहेको बताएकी छिन्।
उनले भनिन् ,‘ सम्पूर्ण यूवा विद्यार्थीलाई राष्ट्रिय स्वाधिनताका निमित्त एक ढिक्का हुनपर्छ । अबको विद्यार्थी आन्दोलन पृथक ढंगले अगाडि बढाइनेछ ।’
साथै एमसीसी पास गराएको खण्डमा गाउँ–गाउँमा सामाजिक बहिस्कारको आन्दोलन गरिने समेत चेतावनी दिइन् ।
