यी १५ प्रेरक भनाइ, जसले तपाईंको जीवन परिवर्तन गर्न सक्छ !
जीवन संघर्षशील छ । हरेक उतारचढावबीचको यात्रा नै जिन्दगी हो । जिन्दगीमा सफलता त्यहि व्यक्तिले हात पार्छ जो निरन्तर आफ्नो लक्ष्य प्राप्तिको खटिरहेका हुन्छन् । मानिस हरेक समय उर्जाशील जीवन जिउने अभिलाषा राख्ने गर्छ । तर जीवन सधैँ सोचेजस्तो भइदिँदैन। त्यसो हुँदा मानिसहरु तनावमा पनि रहने गर्दछ । हामी आज तपाईलाई विभिन्न महान व्यक्तिहरुको प्रेरक भनाइहरु प्रस्तुत गर्न गइरहेका छौँ । केहि प्रेरक भनाइ जसले तपाईंको जीवनमा परिवर्तन ल्याउन सक्छ ।
१. यदी सफलतम जीवन जिउनु छ भने, हामीले असफलताको भय त्याग्नु पर्दछ ।
२. जीवनलाई “भागेर” होइन “भोगेर” जिउनुपर्दछ ।
३. आफूलाई अरुजस्तो बनाउन खोजेर तिमी “आफ्नै” अस्तित्वको हत्या नगर । तिमी फरक छौ, तसर्थ तथ्यपरक छौँ ।
४. बदला” लिएर होइन “बदलिएर” देखाऊ, दुनियाँ फरक पाउनेछौं ।
५. हिजो गइसक्यो, भोली आएकै छैन, हामीसँग आज छ । आउन यसैलाई मनाऔं ।
६. यदि तिमीले व्यक्तीलाई मूल्याङ्कन गर्न थाल्यौ भने उसलाई प्रेम गर्न बिर्सन्छौ ।
७. जिन्दगी उनीहरूको बर्बाद हुने हो, जसले उन्नत बनाउन कुनै प्रयास गर्दैनन् ।
८. असम्भव भन्ने कुरो वास्तवमा हाम्रो भ्रम मात्र हो ।
९. हामी त्यही बन्छौं जुन कुरा लगातार गर्दै रहन्छौ । त्यसैले कामले हैन, काम गर्ने बानीले हामीलाई महानताको चुचुरोमा पुर्याउछ ।
१०. अरुले आफ्ना बारेमा के सोच्छन्, त्यो महत्वपूर्ण होइन । आफूले ‘आफ्ना’ बारेमा के सोचिन्छ, त्यो महत्वपूर्ण हो ।
११. त्यो नै असल मानिस हो, जसले हरेक बिहान ऐना हेर्दा, प्रतिबिम्बमा आउने मानिसप्रति गर्व गर्न सक्छ ।
१२. एउटा साँचो मानवले कसैलाई पनि घृणा गर्दैन ।
१३. यहाँ न असल छ न त खराब नै असल-खराब त हाम्रो सोचाइको उपज हो ।
१४. एउटा ढोका बन्द हुदाँ के तिमीलाई थाहा छ दोश्रो खुलेको हुन्छ ।
१५. मेरो चिन्ता तिमी असफल भएका प्रति होइन कि असफलताका बाबजुद तिमीले नदिएको निरन्तरता प्रति छ ।
