Skip to main content

ठाटीकाँधका दुईसय घरधुरीलाई विउविजनका सामग्री वितरण


दैलेख । ठाटीकाँध गाउँपालिकाका दुई सय घरधुरीलाई विभिन्न अर्गानिक विउविजनका सामग्री वितरण गरिएको छ।


युएसएआईडीको आर्थिक सहयोगमा सियान सीड सर्भिस सेन्टर लिमिटेडले ठाटीकाँध गाउँपालिका –२ का जाैचर, टम्टाला, प्याडुली, हुइता लगाएतका बस्तीमा त्यी सामग्री वितरण गरेको हो।


सियान सीड सर्भिस सेन्टर लिमिटेडका सहजकर्ता दुर्ज बहादुर शाहीका अनुसार प्रतिघरधुरी ३९ ग्राम मुलाको विउ, १० ग्राम रायो, काउली ५ ग्राम, ब्रो काउली ५, चम्सुर १०, पालुङ्गो २० ग्राम, केराउ १०० ग्राम, गाजर १० ग्राम, बन्दा ५ , प्याज ५०, सल्गम ५, सीमि १००, धनिया ५ ग्राम र बाल्टिन २० लिटरको यउटा १ लिटरको जग लगाएतका सामाग्री वितरण गरिएको हो ।


भान्सामा ताजा तरकारी, स्वस्थ जिवनको भकारी, कोभिड १९ करेशाबारी कार्यक्रम तरकारी विउ कम्पोजिट प्याकेज वितरण कार्यक्रम अन्तर्गत यी सामग्री वितरण गरिएको हो,’उनले भने ।

शाहीका अनुसार विपन्न, आर्थिक अबस्था कमजोर भएका र दलित आदिवासीहरुलाई, कुपोषित चक्रमा परेकालाई यो कार्यक्रमले टेवा पुग्ने अपेक्षा गरिएको छ।


कोरोन भाइरसका कारण न्युन आय भएका र दुर्गम गाउँबस्तीहरुमा बसोबास गर्ने कृषक परिवारहरुको आर्थिक बाटोलाई उजागर गर्ने, आगामी दिनमा पोषणयुक्त खानेकुराको अभाव बढ्ने र आर्थिक क्रियाकलापहरुमा नकरात्मक असर पर्ने भएकाले पनि अहिलेदेखिनै यस्ता खालका विउविजन रोपेर उत्पादन गरेर पोषणयुक्त खानेकुराको प्रयोगमा बढावा दिन आवाश्यक ठानिन्छ,’ शाहीले भने ।

No Comments yet!

Your Email address will not be published.


%d bloggers like this: