२१ किसान सहित दुई सहकारी नगद सहित पुरस्कृत
दैलेख । पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखले २१ किसान सहित २ वटा सहकारी संस्थालाई नगद सहित प्रमाण पत्र दिएर सम्मान गरेको छ । पशु उत्पादन र प्रवद्धन क्षेत्रमा उत्कृष्ट ब्यवसाय गरेकोमा पशु अस्पताल तथा पशु सेवा कार्यालयले मुख्यमन्त्री उत्कृष्ट कृषक कार्यक्रमवाट किसानलाई सम्मान गरेको हो ।


दैलेखका ११ वटै स्थानीय तहमा पशुपालन क्षेत्रमा राम्रो व्यवसाय गरि आम्दानी गर्ने २१ जना कृषक र २ वटा सहकारी लाई शनिवार एक कार्यक्रममा प्रमाणपत्र सहित नगद पुरुस्कार वितरण गरिएको छ
गाइ, भैसी, वाख्रा, डेरी सञ्चालन र बंगुर र अन्य पशुपालन क्षेत्रमा पालिका स्तरमा सवै भन्दा उत्कृष्ट ब्यवसाय सञ्चालन गरेको उत्कृष्ट कृषक र सहकारीलाई छनौट गरिएको हो ।
मुख्यमन्त्री उत्कृष्ट कृषक कार्यक्रममा छनौट भएका कृषकहरुले कार्यालयले गरेको सम्मानले आफुहरु ब्यवसायमा लाग्न थप हौसियको र सम्मानले खुसी प्रदान गरेको महाबु गाउँपालिका कृषक गगनसरा जैसीले बताईन । उनले भनिन, पहिलो मलाई २ हजार रुपैया दियो । त्यही बाट बाख्रा किने । छोरा छोरी पठाए अहिले छोराहरु उच्च शिक्षा पढिरहका छन् । आजभोली मसँग अहिले पनि ४० वटा बाख्रा छन् ।
पुरस्कारले किसानहरुलाई हौसला वढाएको र उत्पादनमा वृद्धिमा लाग्न पशु कार्यालयले सधै साथ दिएको पुरस्कृत कृषकहरुले वताएका थिए ।
किसानलाई बाख्रा वितरण भैसी वितरण कार्यक्रम गर्नु भन्दा पनि उहाँहरुले जे गरिहनु भएको छ । त्यसलाई थप प्रोत्साहन गरिनुपर्ने प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले बताए ।
पालिका सरकारले बाख्रा भैसी, बंगुर खरिद गर्ने निर्यात नगर्ने हुनाले अव निर्यातका लागि पालिका सरकारले किसानलाई पहिलो प्राथमिकता राखेर बजेट विनियोजन गर्नु पर्ने बताए ।
त्यसैगरि प्रमुख अतिथि समेत रहेका जिल्ला समन्वय समितिका प्रमुख नमराज शाही पालिकाले किसान देख्दा भावानाबाट बग्ने बजेट विनियोजन गर्दा कार्यकर्ता मुखी गर्ने गरेकाले अब त्यसो नगर्न आग्रह गरे । उनले भने,साच्चै पालिका सरकारले किसानलाई माथि नै उठाने हो भने कृषिमा कम्ती १० प्रतिशत बजेट विनियोजन गर्नुहोस । भावना सँग बगेर भोट बटुल्ने कार्यकर्ता मुखी बजेट विनियोजनलाई निषेध पारे मात्र असली किसानले प्रगति भई गरिवी न्युनिकरणमा ठुलो टेवा पुग्छ ,उनले भने ।
पुरस्कार कार्यक्रम अन्य किसानलाई पनि प्रोत्साहन गरि व्यवसायतिर किसानको आर्कषण बढने पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखले जनाएको छ ।
उक्त कार्यक्रममा वार्षिक कार्यक्रमको समिक्षा गर्दै दैलेखमा हाल सम्म पशु हरुमा फैलियको लम्पीस्कीन रोगले ७५ हजार वडि लाई संक्रमित भएका र ५०१ पशुहरु मरेको जानकारी गराईएको थियो ।
