नेपाल किसान महासंघ कर्णाली प्रदेशको आयोजनामा २० औ रास्टिराष्ट्रिय धान दिवस कार्यक्रम सप्पन्न
सुर्खेत । नेपाल किसान महासंघ कर्णाली प्रदेशका अध्यक्ष नरसिंह मल्लको अध्यक्षता र नेपाली काङ्ग्रेस केन्द्रिय कार्यसम्पादन समिती सदस्य एवम् नेपाली काङ्ग्रेस कर्णाली प्रदेश संसदिय दलका नेता माननीय जीवन बहादुर शाहीको प्रमुख आथित्यतामा “जलवायु अनुकुलित कृषि मैत्री प्राविधि धान उत्पादनमा वृद्धि ” भन्ने मुल नारा सहित २० औं राष्ट्रिय धान दिवस २०८० भव्य र सभ्य रुपमा बि.न.पा -९ अलायाचौर,पर्सेनीमा सम्पन्न भयो।



उत्त कार्यक्रममा नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य एवम् कर्णाली प्रदेश सभा सदस्य मा.जानकी सिंह , नेपाली काङ्ग्रेस प्रदेश कार्यसमिति उपसभापति काली बहादुर सहकारी, नेपाली काङ्ग्रेस सुर्खेतका सभापति एवम् कर्णाली प्रदेश सामाजिक बिकास मन्त्री मा.खड्क पोख्रेल,नेपाली काङ्ग्रेस दैलेखका नेता एवम् कर्णाली प्रदेश सामाजिक बिकास समिति सभापति मा.घनश्याम भण्डारी ,कर्णाली प्रदेश सभाका माननीय हरु;मा.ईन्दिरा सिंह ,मा. बलिमाया बुढा , मा.बिजया बोहोरा ,नेपाली काङ्ग्रेस सुर्खेतका पुर्व सभापति कमल राज रेग्मी, नेपाली काङ्ग्रेस सुर्खेतका उपसभापति टोप बहादुर रावत,नेपाली काङ्ग्रेस सुर्खेत क्षेत्र -२ पुर्व क्षेत्रीय सभापति नारायण कोईराला,प्रदेश क सभापति कर्ण बुढा,नेपाली काङ्ग्रेस बिरेन्द्रनगर नगर सभापति उपेन्द्र खड्का साथै तरुण दल,महिला संघ र नेविसंघका सभापति र प्रतिनिधि लगाएत नेता,कार्यकर्ता र आम जनताहरुको उल्लेखनीय उपस्थितिमा बृहत् कार्यक्रमको संचालन नेपाल किसान महासंघका सचिव भीम बहादुर थापाले गर्नुभएको थियो।



कार्यक्रममा कार्यक्रमका अध्यक्ष नरसिंह मल्ल ज्यु ले सम्पुर्ण कर्णाली बासी किसान दिदिबहिनी तथा दाजुभाईहरुलाई २० औं राष्ट्रिय धान दिवसको शुभकामना व्यक्त गर्नुभयो।साथै प्रमुख अथिती ज्यु ले किसान देश बिकासको मेरुदण्ड भएको र आजको दिनमा कृषि बिकासको महत्व हामी सबैले बुझ्नुपर्ने सन्देश दिदै वास्तविक किसानको मेहनत ,पीडा र ब्यथा महसुस गर्न हामी मैदानमै आएको बताउनुभयो।”


