बलिउडकी यी अभिनेत्री भन्छिन् : प्रोड्युसरसँग सुत्न नमानेकै कारण मलाई चलचित्रबाट निकालियो
बलिउड नायिका ईशा गुप्ताले आफ्नो डेब्यु इमरान हाशमीसँग चलचित्र जन्नत २ बाट गरेकी थिइन् । यसपछि उनले राज ३ डी, हमशक्ल, रुस्तम, पलटन, बादशाह लगायतका चलचित्रमा देखिइन् ।
लामो समय बलिउडमाा सक्रिय ईशाले इन्डस्ट्रीको ‘डार्क सिक्रेट्स’बारे खुलासा गरेकी छन् ।
उनले एक अन्तर्वाताका क्रममा एक प्रोड्युसरले आफूसँग सुत्न नमानेको भन्दै फिल्मबाट निकाल्न चाहेको सुनाएकी छिन् ।
ईशाका अनुसार, प्रोड्युसरले आफूसँग सुत्न प्रस्ताव गरेका थिए । तर उनले इन्कार गरिदिइन् ।
उनले भनेकी छिन्,‘चलचित्र शुटिङकै क्रममा प्रोड्युसरले मलाई मसँग काम नगर भने । मैले अघिल्ला ४/५ दिनको शुटिङ सकिसकेको थिएँ । मैले उसँग सुत्न नमानेकै कारण उसले मलाई कामबाट निकाल्न लागेको मैले महशुस गरेँ, पछि मलाई डाइरेक्टरले सर्पोट गरे ।’
