श्रीमतीलाई गम्भीर घाइते हुने गरि कुटपिट गरेर श्रीमान वेपत्ता
सुर्खेत एक व्यक्तिले श्रीमतीलाई गम्भीर घाइते बनाएर फरार भएका छन् । पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिका–६ रातमाटे भन्ने स्थानमा कर्णबहादुर बस्यालले श्रीमतीलाई गम्भीर घाइते बनाएर फरार भएका हुन् ।
बस्याल भेरीगंगा नगरपालिका काठेघाडीका हुन् । उनले २२ वर्षीय श्रीमती राधिका विकलाई कुटपिट गरेर गम्भीर घाइते बनाएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद श्रेष्ठले जानकारी दिए । उनकाअनुसार गम्भीर घाइते राधिकालाई मेहलकुना अस्पताल पु¥याएपछि थप उपचारको लागि नेपालगञ्ज रिफर गरिएको छ । घटनाको कारण नखुलेको र अनुसन्धानका लागि प्रहरी चौकी मेहलकुनाबाट टोली खटिएको प्रवक्ता श्रेष्ठले उल्लेख गरे ।
