अस्ट्रेलिया भर्सेज न्युजिल्यान्ड: दुवै टोलीको ‘रोड टू फाइनल’
१६ टोलीको सहभागितासँगै आईसीसी टी-२० विश्वकप सुरु भएको थियो । ४४ खेलपछि प्रतियोगितामा बाँकी रहेका २ टोली अस्ट्रेलिया र न्युजिल्यान्डले फाइनलमा आइतबार प्रतिस्पर्धा गर्दैछन् ।
न्युजिल्यान्ड पहिलो पटक टी-२० विश्वकपको फाइनलमा पुगको हो भने अस्ट्रेलिया २०१० को उपविजेता हो । दुवैटोली पहिलो पटक टी(२० विश्वकप जित्ने दाउमा छन् ।
सुपर-१२ बाट समूह विजेता बन्दै सेमिफाइनलमा पुगेका टोलीलाई पराजित गर्दै दुवै टोली फाइनल पुगेका हुन् । अन्तिम पटक विश्वकप प्रतियोगितामा २०१५ को फाइनलमा आमनेसामने भएका थिए, उक्त खेलमा न्युजिल्यान्डले अस्ट्रेलियाविरुद्ध शानदार जित निकालेको थियो ।
त्यसपछि न्युजिल्यान्डले २०१९ को विश्वकपमा फाइनलमा स्थान बनाएको थियो । र, २०२१ को आईसीसी टेस्ट च्याम्पियनसिपमा भारतलाई हराएको थियो ।
न्युजिल्यान्डको टोलीस् आईसीसी टी–२० बरियताको चौथो नम्बरमा रहेको न्युजिल्यान्डको टोलीमा ९कप्तान०केन विलियमसन, टोड एसटेल, ट्रेन्ट वल्ट, मार्क च्याक्पमेन, डीभोन कोनवे९विकेटकिपर०, आडम मिलेन, मार्टिन गुप्टिल, केएल जामिसन, ड्रायल मिचेल, जिम्मी निसाम, ग्लिन फिलिप्स, मिचेल सानट्नेर, टिम सिफ्र्ट, ईस सोधि, टिम साउथी रहेका छन् ।
फाइनल यात्रास् पहिलो खेलमा पाकिस्तानसँग हार बेहोरेपछि न्युजिल्यान्ड प्रतियोगितामा अपराजित रहँदै फाइनलमा पुगेको हो । उनीहरूको बलिङ अट्याक प्रतियोगितामा उत्कृष्टमध्ये एक रहेको छ । यूएईको पिच कन्डिसनलाई बुझेर कप्तान केन विलियम्सले आफ्नो टोलीलाई कुशलतापूर्वक परिचालन गरेका छन् ।
टोलीमा कुनै प्रभावशालि ब्याटर छैनन् तर खेलको महत्वपूर्ण समयमा सबैले मिलेर आफ्नो तर्फबाट राम्रो प्रदर्शन गरेका छन् । विशेष गरी खेलको अन्तिम ओभरहरु उनीहरुका लागि प्रभावकारी भएका छन् ।
इङल्यान्ड विरुद्धको सेमिफाइनलमा जिमी निसाम र ड्रायल मिचेलले अन्तिम ओभरमा उत्कृष्ट प्रदर्शन गर्दै नम्बर १ टोलीलाई पराजित गर्न महत्त्वपूर्ण भूमिका निर्बाह गरेका थिए ।
न्युजिल्यान्डको टोलीस् आईसीसी टी–२० बरियतामा छैठौँ नम्बरमा रहेको अस्ट्रेलियाको टोलीमा (कप्तान) एरोन फिन्च, एसटोन एगर, पेट कुमिन्स, जोस हजेलहुड, जोस इङ्गलिस, मिचेल मार्स, ग्लेन म्याक्सवेल, केन रिचार्डसन, स्टेभ स्मिथ, मिचेल स्टार्क, माकर्स स्टोनिस, मिचेल स्वेपसन, मेथ्यु वेडे, डेभिड वारर्नर, आडम जाम्पा छन् ।
फाइनल यात्रास् अस्ट्रेलियाले दक्षिण अफ्रिकामाथि सानदार जित निकाल्दै प्रतियोगिताको सुखद् सुरुआत गरेको थियो । तर तेस्रो खेलमा भने इङल्यान्डसँग पराजित भएको अस्ट्रेलियाले सुपर १२ का बाँकी ४ खेलमा जित निकाल्दै नेट रनरेट बढाएर सेमिफाइनलमा स्थान बनाएको थियो । सेमिफाइनलमा प्रतियोगितामा अपराजित रहेको पाकिस्तानविरुद्ध डेभिड वार्नरको उत्कृष्ट प्रदर्शन र अन्तिम ओभरमा म्याथ्यु वेडले शाहिन अफ्रिदिको बलमा लगातार तीन छक्का प्रहार गरेसँगै अस्ट्रेलियाले रोमाञ्चक जितसँगै फाइनल यात्रा तय गरेका हो ।
