आजको पञ्चाङ्ग एवम् राशिफल
आजको पञ्चाङ्ग
श्रीशाके १९४३ नेपाल सं। ११४२ श्री सूर्योदक्षिणायने शरद ऋतु राक्षसनामक संवत्सर वि।सं। २०७८ कार्तिक २९ गते तद् अनुसार सन् २०२१ नोभेम्बर १५ तारिख सोमबार कार्तिक शुक्लपक्ष एकादशी तिथि ८ः५६ पर द्वादशी तिथि उत्तराभाद्रपद नक्षत्र बज्र योग बब करण आनन्दादिमा गद योग चन्द्रमा मीन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः२६ मा भयो र सूर्यास्त साँझ १७ः१० मा हुनेछ । लगानी बढ्ला ।
आजको राशिफल
मेष – सुखको काम बन्नेछ । मान पुरस्कार मिल्नेछ । प्रेमसम्बन्धमा रूचि बढ्ला । भ्रमण पनि गर्नुहुने सम्भावना छ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । सुख सन्तति धन यश इष्टमित्र बढ्ला । ख्याति फैलिनेछ ।
बृष – आयस्रोका साथै सौभाग्य बढ्नेछ । मिठो भोजन प्राप्त होला । शारीरिक र आर्थिक कार्यमा प्रगति होला । मान महत्व आरोग्यता बढ्नेछन् । खर्चमा नियन्त्रण आउनेछ । शुभ कार्य बन्नेछ । व्यापारमा सफलता मिल्नेछ । यात्रा हुनेछ ।
मिथुन – दौडधुप बढ्नेछ । सानो कार्यका लागि पनि ज्यादा परिश्रम गर्नुपर्ला । ऋण, रोग र शत्रुसितको विषयमा अनुकूलता आउनेछ । नयाँ काममा सफलताको लागि विशेष ध्यान दिनुपर्ला ।
कर्कट – भाग्योदय हुनेछ । समृद्धि बढ्नेछ । बढी परीश्रमले प्रगति हुनेछ । रसरागको कार्यमा प्रयासरत रहनुहुनेछ । व्यवसायिक पक्षसित सम्बन्धित काम बन्नेछ । साझेदारीको काममा सफलता मिल्नेछ । आफ्नै बल विवेकले काम बन्नेछ ।
सिंह – मान महत्व पुरस्कार मिल्नेछ । जोखिममा नपर्नु हितकर हुनेछ । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्ला । आफन्तको सहयोग मिल्नेछ । भाग्यवर्द्धक काम बन्नेछ । साहसिक कर्ममा रूचि बढ्ला । शुभ समाचार मिल्नेछ । पारिवारिक सुख शान्ति बढ्नेछ ।
कन्या – प्रेममा सफलता प्राप्त हुनेछ । व्यस्तता बढ्नेछ । मिठो भोजन मिल्नेछ । यात्रा होला । सुखशान्ति समृद्धि बढ्नेछ । कुनै पनि शारीरिक र आर्थिक जोखिममा नपर्नु उचित रहला । बौद्धिक र रचनात्मक कार्यमा लाग्नु बेस हुनेछ र सफलता पनि मिल्नेछ । सन्तानको सहयोग मिल्नेछ । रसरागमा आकर्षण बढ्ला ।
तुला – धनको आगमन भैरहनेछ । खेलकुद भ्रमणमा आकर्षण बढ्नेछ । समस्याको समाधान मिल्नेछ । सुख समृद्धि मान पुरस्कार आदिमा विघ्नबाधाको डर रहला । मिठो भोजन खान पाउनुहुनेछ । अरुसित मिलेर काम गर्नु बेस रहला तर अरुको भरमा बस्नु र विवादमा पर्नु उचित हुने छैन ।
वृश्चिक – यात्रामा सफलता मिल्नेछ । लेखनप्रकाशनसित सम्बन्धित काम बन्नेछ । आरोग्यता बढ्नेछ । शत्रुसित लड्ने क्षमता वृद्धि होला । आफन्तको सहयोग प्राप्त हुनेछ । आर्थिक पक्ष बलियो बन्नेछ । साथीभाइको साथ प्राप्त हुनेछ ।
धनु – मनोकुलको काममा सफलता मिल्नेछ । उच्चाधिकारीको सहयोग मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । शैक्षिक र बौद्धिक काम बन्नेछ । मित्रजनको सहयोग मिल्नेछ । धन मान महत्व बढ्ला । रसराग गीतसंगीतमा आकर्षण बढ्नेछ । सन्ततिसुख बढ्नेछ ।
मकर – खर्च र लगानी बढ्ला । धोखा हुने ठगिने सम्भावना रहनेछ । सोचीविचारी काम गर्नु अनुकुल रहनेछ । हांसविलासमा आकर्षण रहला । नियमकानूनलाई ध्यानमा राख्नुपर्नेछ । ऋण रोग र शत्रुप्रति सचेत रहनुहोला ।
कुम्भ – धन यश मान सुख समृद्धि बढ्नेछ । मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।
मीन – आय वृद्धि होला । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । वार्तामा सफलता मिल्नेछ । मान पुरस्कार मिल्नेछ । गौरवमा बढोत्तरी हुनेछ । लगानी उठ्नेछ । सुख शान्ति मान महत्व बढ्नेछ । साझेदारीको काम बन्ला । हांसविलासमा आकर्षण बढ्ला । आरोग्यता बढ्नेछ ।
