नेपाली कांग्रेस दैलेख क्षेत्र नं. २ मा विशेष अभियान समन्वय समिति गठन
दैलेख । नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति, दैलेख क्षेत्र नं. २ ले आसन्न प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै विशेष अभियान समन्वय समिति गठन गरेको छ।

नेपाली कांग्रेस केन्द्रीय कार्यालयको परिपत्र तथा प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिको मिति २०८२ माघ १९ गते बसेको बैठकको निर्णयअनुसार ठाटीकाँध गाउँपालिका–५, दैलेख निवासी युवा नेता एवं नेपाली कांग्रेस दैलेख जिल्ला प्रतिनिधि सभा क्षेत्र नं. २ का प्रदेश सभा ख का सह–सचिव मिलन शाही लाई आगामी २०८२ फागुन २९ गते सम्पन्न हुने आम निर्वाचनमा पार्टी संगठनलाई व्यवस्थित रूपमा सञ्चालन गर्दै उम्मेदवारलाई विजय गराउने उद्देश्यसहित विशेष अभियान समन्वय समितिको १८-३० बर्ष उमेर समुहकाे संयोजक पदमा सर्वसम्मत रूपमा मनोनयन गरिएको हो।
पत्रमा उल्लेख भएअनुसार निर्वाचन अभियानलाई प्रभावकारी, अनुशासित र परिणाममुखी बनाउन संयोजक शाहीबाट मन, वचन र कर्मले पूर्ण सहयोग रहने विश्वास नेपाली कांग्रेसले व्यक्त गरेको छ। पार्टीले युवा नेतृत्वको सक्रिय सहभागिताले अभियानलाई थप ऊर्जा, गति र प्रभावकारिता प्रदान गर्ने अपेक्षा गरेको जनाएको छ।
संयोजक पदमा मनोनयन भएको अवसरमा नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले उहाँलाई हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।
साथै, संयोजक शाहीले आफ्नो समिति तथा उपसमितिको बैठक बसी आवश्यक कार्यक्रम तर्जुमा गरी अभियान सञ्चालनको विवरण क्षेत्रीय कार्यसमितिलाई नियमित रूपमा जानकारी गराउनुपर्ने उल्लेख पत्रमा गरिएको छ।
