पोर्चुगललाई हराउँदै सर्बिया विश्वकपमा छनौट
पोर्चुगललाई हराउँदै सर्बिया कतार विश्वकप २०२२ को निम्ति छनौट हुन सफल भएको छ ।
स्पोर्ट लिस्बाओ स्टेडियममा आईतबार राति सम्पन्न युरोपेली क्षेत्रको छनौट अन्तर्गत समूह ए को खेलमा घद्धरेलु टोलि पोर्चुगललाई २–१ गोल अन्तरले हराउँदै सर्बिया विश्वकपमा स्थान बनाउन सफल भएको हो ।
सर्बियाको जितमा दुसान तादिक र एलेक्सान्दर् मित्रोविचले एक एक गोल पोर्चुगलका निम्ति रेनाटो सान्चेजले एक गोल गरेका थिए ।
खेलको दोश्रो मिनटमा सान्चेजले गोल गर्दै पोर्चुगललाई शुरुवाती अग्रता दिलाएका थिए ।
खेलको ३३औं मिनटमा तासदकले गोल फर्काउँदै सर्बियालाई पहिलो हाफको समयमा १–१ गोलको बराबरी अवस्थामा पुर्याए ।
यसपछि खेलको अन्तिम मिनटमा तादिकले मिलाएको पासमा मित्रोविचले गोल गर्दै सर्बियालाई रोमाञ्चक जित दिलाए ।
जितसँगै समूह ए मा २० अंक बटुल्दै सर्बियाको समूह विजेताको रुपमा आगामी वर्ष कतारमा हुने फिफा विश्वकपका लागि छनौट भएको छ ।
पोर्चुगलले भने अब प्ले अफको विकल्प अपनाउँदै विश्वकपमा पुग्ने बाटो रोज्नुपर्ने हुन्छ ।
