आजको पञ्चाङ्ग एवम् राशिफल
आजको पञ्चाङ्ग
श्रीशाके १९४३ नेपाल सं. ११४२ राक्षस नामक संवत्सर हेमन्त ऋतु वि.सं. २०७८ मार्गशीर्ष १७ गते तद्अनुसार सन् २०२१ दिसम्बर ३ तारिख शुक्रबार मार्गशीर्ष कृष्णपक्ष चतुर्दशी तिथि विशाखा नक्षत्र अतिगण्ड योग चतुष्पाद करण आनन्दादिमा मातङ्ग योग चन्द्रमा तुला राशिमा ७ः५६ बजेसम्म त्यसपछि वृश्चिक राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः४० मा र सूर्यास्त साँझ १७ः६ बजे हुनेछ । बालाचतुर्दशी, शतबीज छर्ने, विश्व अपाङ्ग दिवस ।
आजको राशिफल
मेष – ठूलाबडाको आशीर्वादले काम बन्नेछ । नयाँ ज्ञान प्राप्त हुनेछ । चुनौतीको सामना गर्नुहुनेछ । जोखिममा नपर्नु हितकर रहला । पारिवारिक सुख बढ्नेछ । आफन्तको साथ प्राप्त हुनेछ । रोकिएको काम बन्नेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ । कार्यव्यापारमा सफलता प्राप्त होला ।
वृष – परोपकारको क्षेत्रमा हात हाल्नु राम्रो होला । मान्यजनसँग विवाद हुन सक्छ सचोतना अपनाउनुहोला । धन यश मान महत्व आरोग्यता बढ्नेछन् । शुभ र भाग्यवर्धक काममा सफलता मिल्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ । शारीरिक रआर्थिक कार्यमा सफलता प्राप्त हुनेछ । मिठो भोजन प्राप्त हुनेछ ।
मिथुन – लामो दूरीको यात्रा हुन सक्छ । भागदौड व्यस्तता बढ्नेछ । शत्रुको चलखेल बढे पनि तिने हानी गर्न सक्ने छैनन् । आँट उत्साह बढ्ला । यात्रामा सफलता मिल्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । सुखको कर्ममा प्रवृत्ति बढ्नेछ । कार्यव्यापारमा प्रगति होला । प्रेमपात्रसित भेटघाट हुनेछ । बौद्धिक र रचनात्मक काम पनि बन्नेछन् । गीत संगीतमा आकर्षण बद्नेछ ।
कर्कट – परिश्रमको प्रतिफल हासिल हुनेछ । आर्थिक पक्ष सबल छ । दिउँसोपख हानी हुन सक्छ, खर्चमा नियन्त्रण राख्नुहोला । आर्थिक समस्याको समाधान प्राप्त हुनेछ । मान महत्वमा कमी आउने छैन । हांसविलासमा आकर्षण बढ्नेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । आफन्तको साथ मिल्नेछ । देखापरेको समस्याको समाधान खोज्नु हुनेछ । कुनै पनि महत्वपूर्ण निर्णय र ठुलो रकमको लगानीमा समर्थ रहनुहुनेछ ।
सिंह – विशिष्ट व्यक्तित्वको प्रभाव रहला । विशेष योजना गोप्य राखेर अघि बढ्नुहोला । आशा उत्साह बढ्नेछ । शुभ र भाग्यवर्द्धक काममा सफलता मिल्नेछ । हाकिमको साथ मिल्नेछ । कर्ममा रुचि बढ्ला । मिठो भोजन मिल्नेछ । आयस्रोत बढ्नेछ । लगानी उठ्ला । खेलकूदमा भाग लिनुहुनेछ । यात्रा गर्नुहुनेछ । सुख आनन्द बढ्ला । धनसम्पत्ति बढ्नेछ । सुख सम्पदा बढला । आरोग्यता वृद्धि होला । इष्टमित्रको साथ मिल्नेछ । ऐश्वर्य बढ्नेछ । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ । पारिवारिक सुख शान्ति बढ्नुको साथै कार्यमा सफलतमा मिल्नेछ ।
कन्या – आर्थिक पक्ष सवल रहला । परिवारमा पाहुनाको आगमन होला । तिनको सेवामा समय खर्च होला । वार्तामा सफलता प्राप्त हुनेछ । धन मान महत्वमा कमी आउने छैन । समस्याको समाधान मिल्नेछ । मान महत्व बढ्ला । साहस बढ्नेछ । अरुको भरभन्दा आफ्नै बल–विवेकले काम गर्नु उचित हुनेछ । ऐनकानूनले साथ दिनेछ । स्वास्थ्यमा सुधार हुनेछ ।
तुला – समय मनोरञ्जनपूर्ण रहला । अप्ठ्यारो परिस्थितिमा पनि काम बन्न सक्छ । शुभ र भाग्यवर्द्धक काममा ध्यान केन्द्रित गर्नु बेस होला । रसरागमा रुचि बढ्नेछ । आयमा वृद्धि हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । कार्यव्यपारमा सफलता प्राप्त होला । योजना र बजेट बनाई काम गर्नु हितकर हुनेछ । धन सम्पदामा बढोत्तरी हुनेछ ।
वृश्चिक – न्यायिक या कानुनी पक्षमा तपाईंको जित रहला । आश मारेको कुरा पनि प्राप्त हुन सक्नेछ । धन सम्पति बढ्ला । साहसिक काम बन्नेछ । मान महत्व बर्चश्व बढ्नेछ । वार्तामा सफलता प्राप्त होला । सुख आनन्द बढ्नेछ । मिठो भोजन मिल्नेछ । विजयश्री प्राप्त होला । आफन्तको सहयोग मिल्नेछ । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । योजना र बजेट बनाइ कार्य बेस होला । ऋण रोग र शत्रुलाई जित्ने क्षमतामा वृद्धि हुनेछ ।
धनु – अनावश्यक यात्राबाट जोगिनुहोला । प्रेमी–प्रेमिका या जीवनसाथीसँग केही विवाद पर्न सक्छ, तथापि सुख सफलता बढ्नेछ । अन्नधनमा वृद्धि हुनुको साथै आयस्रोतमा पनि बढोत्तरी होला । रोकिएको काम बन्नुसँगै उधारो लगाइएको धन पनि उठ्ला । बौद्धिक र रचनात्मक कार्य काम बन्नेछ । मिठो भोजन खान मिल्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ । मित्रजनको साथ मिल्नेछ । सन्तानसुख बढ्ला । प्रेममा सफलता प्राप्त होला ।
मकर – भावनाको वशमा परिएला । नसोचिएको धन प्राप्त होला । ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । नियमकानूनले साथ दिनेछ । भएको दायित्वलाई पूरा गर्नुहुनेछ । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । अरुको भरमा बस्नु र विवादमा पर्नु उचित नहोला । योजना र बजेटमा बल बढ्नेछ । राजकीय काम गर्नु बेस रहला । आयस्रोत बढ्ला ।
कुम्भ – समय केही प्रतिकुल रहला । तर आम्दानी प्रशस्तै बढ्ने योग छ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ । नयाँ आयस्रोत बर्द्धक काममा सफलता पाउनुसँगै इष्टमित्र र सन्तानको सुख मिल्नेछ । लगानी उठ्ला । रोकिएको काम बन्नेछ । आरोग्यता र ऐश्वर्य वृद्धि होला । साझेदारीको काम बन्नेछ । मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्ला । यात्रामा सफलता प्राप्त होला ।
मीन – कृषि क्षेत्रबाट लाभ होला । चुनौतीका बाबजुद धैर्यले काम बन्नेछ । शत्रुहरू किनारा लाग्नेछन् । आफन्तको साथ मिल्नेछ । लेखन प्रकाशनसित सम्बन्धित काममा सफलता मिल्नेछ । वार्तामा सफलता मिल्नेछ । आर्थिक पक्ष बलियो बन्नेछ । सुख आनन्द बढ्ला । मिठो भोजन मिल्ला । साझेदारीको काम बन्नेछ । सुख सुविधाको वस्तु बढ्नेछन् । सुख विलास पनि बढ्नेछ । समस्याको समाधान मिल्नेछ । ऋण रोग र शत्रुलाई जीत्ने सामर्थ्य बढ्ला । जोखिममा नपर्नु नै बेस होला ।
