ठाटिकाँध गाउँपालिकामा महिलाहरुकाे विभिन्न राेगकाे शिविस संचालन
दैलेखको ठाटिकाँध गाउँपालिकामा ठाटिकाँध गाउँपालिकाकाे समन्वय र सोसेक नेपालकाे सहजिकरणमा महिलाहरुका विभिन्न रोगहरुको उपचार शिविरको आयोजना गरिएको छ । ए इ आई एन लक्जेम्बर्गको आर्थिक सहयोगमा ठाटिकाँध गाउँपालिकाको वडा नं. ३ धामीगाँउ सुँइयामा महिलाहरुको आंग खस्ने समस्याको जाँच तथा छनौटका साथै पाठेघरको मुखको क्यान्सर परिक्षण सिविरको आयोजना गरिएको छ ।
ग्रामिण क्षेत्रका महिलाहरुमा आंग खस्ने समस्याका साथै पाठेघरको क्यान्सरको समस्या बढ्दै गइरहेको समयमा सोसेकद्धारा उक्त क्षेत्रमा गरिएको शिविरबाट धेरै महिलाहरुले सेवा लिएका छन । उनिहरुले सोसेकबाट गरिएको उपचार र चेकजाँच शिविरले आफुहरुले ठुलो राहत महशुस गरेको भन्दै आगामी दिनमा समेत अन्य शिविरको आयोजना गर्न माग गरेका छन ।
शिविरको अवसरमा चेकजाँच पश्चात सानो सानो समस्याको उपचार शिविरमै हुने र ठुलो समस्या देखिएको खण्डमा बाहिर रिफर समेत गरिने उपचारमा संलग्न ठाटिकाँध गाउँपालिका स्वास्थ्य शाखाका नर्श मञ्जु शाहीले जानकारी गराउनुभयो ।
यसैगरि सामाजिक सेवा केन्द्र सोसेक नेपाल ठाँटिकाँध सहकार्य परियोजना प्रमुख जिबराज रेग्मीले ठाटिकाँधमा स्वास्थ्य शिक्षा लगाएत जिविकोपार्जजनको क्षेत्रमा काम गर्दै आएको बताउदै महिलाहरुको स्वास्थ्यमा विभिन्न समस्या पहिचान गर्नका लागि शिविर आयोजना गरिएको र जटिलतामा थप सहकार्य गरिने बताउनुभयो ।
ठुलो समस्याको रुपमा रहेको स्तन क्यान्सर, पाठेघरको क्यान्सर लगाएत आंग खस्ने समस्याको समयमै उपचार र पहिचान हुन नसक्दा धेरैले अकालमै ज्यान समेत गुमाउनु परेको अवस्थामा शिविरले ठुलो महत्व राखेको ठाटिकाँध गाउँपालिका कार्यक्रम संयाेजक भुपेन्द्र बहादुर शाहीले बताए ।