लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार बिरुद्ध कालिकोटमा कर्णाली जेसिजको कार्यक्रम सम्पन्न
कालिकोट । कर्णाली जेसिज कालिकोटको आयोजना र जिल्ला प्रहरी कार्यालय कालिकोटको सहकार्यमा लागू औषध दुर्ब्यसनी नियन्त्रण सम्बन्धि जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ । लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार बिरुद्ध खाँडाचक्र नगरपालिका -१ को प्रतिमा चोकमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा कर्णाली जेसिस कालिकोट वर्ष २०२० का अध्यक्ष जेसि सबिन बिष्ट वर्ष २०२३ का अध्यक्ष जेसि हरि प्रसाद पाण्डे उद्योग वाणिज्य संघ कालिकोटका अध्यक्ष रतन बहादुर शाहि र कर्णाली जेसिज वर्ष २०२४ का अध्यक्ष जेसि गणेशमान पाण्डेले आ- आफ्नो मन्तव्य राखेका छन ।
मन्तव्यमा लागु औषध दुर्ब्यसन, यसको असर , यसबाट बच्ने उपायका बारे सो संगै लागु औषध नियन्त्रण तथा जिवन उपयोगी नैतिक एवं सामाजिक शिक्षा सम्बन्धि जानकारी गराएका हुन ।
कार्यक्रममा कर्णाली जेसिस वर्ष २०२४ का बोर्ड मेम्बर ,सुरक्षा कर्मि प्रहरी र स्थानीयहरुको सहभागीता उपस्थितमा मान्मको जिरो पोइन्ट बाट प्रतिमा चोक सम्म रेलि सहित कोणसभा गरिएको छ ।
कार्यक्रममा कर्णाली जेसिस वर्ष २०२४ का बोर्ड सदस्य , वर्ष २०२१ का अध्यक्ष अन्तरास्ट्रिय मामिला आयोग सदस्य लक्ष्मण कुमार शाही ,सुरक्षा कर्मि र स्थानीयहरुको सहभागीतामा मान्मको जिरो पोइन्ट बाट प्रतिमा चोक सम्म रेलि सहित कोणसभाबाट कार्यक्रम सम्पन्न गरिएको छ ।