विश्व क्षयरोग दिवसको पूर्वसन्ध्यामा कालिकोटमा पत्रकार अन्तरक्रिया
कालिकोट । विश्व क्षयरोग दिवसको पूर्व सन्ध्यामा स्वास्थ सेवा कार्यलय कालिकोटले होटल काेट दरबारमा पत्रकार अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ। हरेक वर्ष मार्च २४ तारिकका दिन विश्व क्षयरोग दिवस मनाइँदै आइएको छ।
यस वर्षमा २४ तारिक होली पर्वका दिनमा अन्तरक्रियात्मक कार्यक्रम गरी होली मनाइएको हो। स्वास्थ्य कार्यालय कालिकाेटको आयोजनमा “हो ! हामी क्षयरोग अन्त्य गर्छौ” भन्ने मूल नाराका साथ पत्रकार अन्तरक्रिया तथा अन्तर संवाद गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि खाँडाचक्र नगरपालिका प्रमुख प्रशाकिय अधिकृत प्रवल जङ शाहीले समुदायमा क्षयरोग सम्बन्धी सचेतना थप प्रभावकारी गराउनु पर्ने जोड दिँदै रोगीहरूलाई स्वास्थ्य संस्थामा ल्याउनका लागि सबै सरोकार निकायले भूमिका खेल्नु पर्ने बताए। शाहिले सबै मिडिया कर्मीहरुलाई क्षयरोगको निवारणका लागि समाचार प्रकाशन प्रसारण गरी सहयोग गर्न समेत आग्रह गरे।
जिल्ला स्थित विभिन्न सञ्चार माध्यमका सञ्चार कर्मीहरू, क्षयरोग कार्यक्रम साझेदार निकायका प्रतिनिधि, कालिकोट अस्पताल स्वास्थ कर्मिहरू गरी ५२ जनाको उपस्थिति रहेको थियो। अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य सेवा कार्यालय कालिकोटका क्षयरोग फोकल पर्सन सि.अ.हे.व अधिकृत जगदिश नेपालीले क्षयरोगको बारेमा जानकारी गराउँदै नेपालमा क्षयरोगको वर्तमान अवस्थाको बारेमा किड्स नेपाल का संयोजक कुशल श्रेष्ठ तथा रबिन्द्र सेजुवालले सहज करण गरेका थिए।