प्रदेश अस्पतालका ५० भन्दा बढी कर्मचारीमा कोरोना
सुर्खेत । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत ५० भन्दा बढि कर्मचारीहरुमा कोरोना संक्रमण देखिएको छ ।
अस्पतालका निर्देशक डाक्टर डम्बर खड्काले अस्पतालल कार्यरत ५० जना भन्दा बढि कर्मचारीहरुमा कोरोना संक्रमण देखिएको जानकारी दिए ।
संक्रमण पुष्टि हुने अस्पतालका कार्यालय सहयोगी, नर्सिङ, अप्रेसन थिएटरका कर्मचारी समेत रहेका छन् । साथै अस्पतालले कोरोना संक्रमणको तेस्रो लहर नियन्त्रण तथा रोकथामका लागि पूर्व तयारी तीव्र पारिएको बताएको छ ।
हाल प्रदेश अस्पतालमा १३९ बेडको कोभिड अस्पताल सञ्चालन भइरहेको छ । भने आईसीयू बेडहरुमा पनि अभाव हुन नदिन बेडहरुको व्यवस्थापनमा अस्पताल व्यापक तयारीमा जुटेको बताएको छ ।
