कांग्रेस सभापतिमा गगन थापा निर्वाचित
काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा गगन थापा निर्वाचित भएका छन् । सभापतिका अर्का उम्मेदवार श्यामकृष्ण खड्गीलाई अत्यधिक बहुमतले पराजित गर्दै थापा निर्वाचित भएका हुन् ।
थापाले ६ हजार ५ सय ८४ मत पाएर निर्वाचित हुँदा खड्गीले ३ सय ७५ मत पाए । ७ हजार १३ मत खसेको थियो । जसमा ५४ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।
थापा गत पुषमा भएको विशेष महाधिवेशनबाट सभापतिमा चयन भएका थिए । अहिले उनी १५ औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका हुन् ।

