मोवाईल मर्मत केन्द्रमा ब्राउनसुगरकाे काराेवार, सञ्चालक पक्राउ
सुर्खेत । माेबाइल मर्मत केन्द्रबाट लागु औषध (ब्राउनसुगर) को कारोवार गरेकाे आरोपमा सुर्खेत प्रहरीले सञ्चालकसहित एक जनालाई पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ६ स्थित शनीहल लाईनमा रहेकाे एस.के. माेबाइल मर्मत केन्द्रबाट सञ्चालक ब्राउनसुगरकाे काराेबार गरेकाे गाेप्य सूचनाका आधारमा प्रहरीले पक्राउ गरेकाे हाे । पक्राउ पर्नेमा २७ वर्षीय सुनिल खत्री छन् । उनी वीरेन्द्रनगर नगरपालिका-९ घर भएका हुन् ।
खत्रीलाई शंकाष्पद रुपमा गतिविधि गरेकाे र शरिर तथा मोबाईल पसल खानतलासी गर्दा सामसुङ कम्पनीको कालो रंगको चार्जरको पछाडी क्याप भित्र लुकाएर राखेकाे अवस्थामा ब्राउनसुगर बरामद भएकाे जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएकाे छ ।
