भगवानले नसुनेको बालकको पिडा
सुर्खेत । दैलेख ठाटिकाध गाउपालिका १ सिराडिका यि दुई बालकले बालकपनमा आमा बाबु गुमाए ।
२०७३ मा आमा रंगा बिक सुत्केरी हुन नसक्दा ज्यान गयो भने ३ बर्ष पछि बाबु चक्र बहादुरको पनि मृत्युु भयो । बालापनमै आमा बाबु गुमाएका यी बालक अहिले ७५ बर्षिय हजुर बुबाको सहारामा छन । आमा सुत्केरि हुन अस्पताल गएकि आमा फर्किनन । उतै अस्ताईन । अझै पनि यि बालकहरु आमा आउने आशामा छन । आमा अस्पताल गएकि छन भन्ने सोचमा छन् ।
सन्चो भए आउछन भन्ने आशा छ । बच्चाले चाड्पर्ब र अरुले आमा बाबु भनेर बोलाएको सुनेर उनिहरुले पनि बोलाउने गरेको बाजे किर्थे कामिले गहभरि आशु निकाल्दै जानकारि दिए ।आकाशमा हेलिकप्टर र प्लेनको आवाज सुन्ने बित्तिकै घर भित्र रहेका दुईवटै बालक आकाश तिर हेर्दै आमा बाबुलाई पठाई दिन जोड्ले बोलाउछ । तर ति बालकको बालापन मस्तिष्कमा हेलिकप्टर र प्लेनलाई खबर सुनाएपछि आमा बाबुलाई छिटो ल्याईदिने बिश्वास छ ।
बेला बेला ति बालकको निबेदनलाई भगवानले सुनेन भने आकाश उड्ने हेलिकप्टर र प्लेन कहां सुन्थ्यो ।उसो त उनकै घर नजिकै सडक छ । सडकमा ओहोरदोहोर गर्ने सवारि चलिरहदा आमा बाबु आएकि भनेर आशा लागेको हुन्छ ।बालक सडक नजिकै पिपल चौतारा पुग्छन ।तर पनि सदाका लागि अस्ताएका आमा बाबु कहाँ आउथे र ।अहिले यि दुई बालकलाई खाना लाउन उतिकै समस्या छ ।
बिद्यालय जादा न झोला छ । न कापि कलम । शरिरमा एकसरो कपडा बाहेक अरु केहि छैन । बिहाना खाए बेलुका के खाने भन्ने चिन्ता छ । सधै अरुको काम गरेर जिवनयापन गर्दै आएका हजुर बुबा वृद्ध हुदा पहिले जसरि काम गर्न सक्दैनन । सामाजिक सुरक्षाको भत्ताले तिन जना परिवारको गुजारा चलिरहेको छ ।

