उच्च अदालत सुर्खेत एक हप्ता बन्द
सुर्खेत । उच्च अदालत सुर्खेत एक हप्ताका लागि बन्द भएको छ । कोरोना महामारीको तेस्रो लहर फैलिएसँगै अदालत एक हप्ताका लागि बन्द भएको हो ।
अदालतबाट सञ्चालान हुने सबै सेवा सुविधा एक हप्ताका लागि बन्द गरिएको अदालतले जनाएको छ । अदालतको सेवा २०७८ माग १२ गते देखि माघ १८ गते सम्मको लागि बन्द भएको उच्च अदालत सुर्खेतले जनाएको छ । साथै त्यसपछिको सेवा सुविधा न्यायाधीसहरुको उपस्थितिमा पछि मात्रै जानकारी गरिने अदालतले जनाएको छ ।
