गठबन्धनका उम्मेद्धवारको जित
सुर्खेत । राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनको जित भएको छ । गठबन्धनबाट नेपाली काँग्रेसकी दुर्गा गुरुङ, नेकपा एकिकृत समाजबादीका उदयबहादुर बोहोरा र नेकपा माओबादी केन्द्रका नरबहादुर विष्ट बिजयी भएका हुन् ।
बुधबार गरिएको मतगणना अनुसार सुर्खेतकी दुर्गाकुमारी गुरुङले स्थानिय तहको १०९ र प्रदेश सभाको २१ मत प्राप्त गरेकी हुन् । गुरुङले प्रदेशसभाबाट १ हजार ८ र स्थानिय तहबाट १ हजार ९ सय ६२ गरि २ हजार ९ सय ७० मतभार प्राप्त गरेकी हुन् ।
उनकी प्रतिद्धन्द्धि नेकपा एमालेकी गंगा महतले भने स्थानिय तहको ४४ मत र प्रदेश सभाको १३ मत प्राप्त गरेकी हुन् । उनको मतभार स्थानिय तहमा ७ सय ९२ र प्रदेशमा ६ सय २४ गरि १ हजार ४ सय १६ मतभार प्राप्त गरेकी हुन् ।
त्यस्तै नेकपा एकिकृत समाजबादीका उदयबहादुर बोहोराले स्थानिय तहको १११ र प्रदेश सभाको २१ मत प्राप्त गरेका हुन् । उनको मतभार स्थानिय तहमा १ हजार ९ सय ९८ र प्रदेश सभाको १ हजार ८ गरि तिन हजार ६ मतभार रहेको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
उनका प्रतिद्धन्द्धी चुडामणी शर्माले स्थानिय तहको ४४ र प्रदेश सभाको १३ मत प्राप्त गरेका थिए । शर्माले स्थानिय तहबाट ७ सय ९२ र प्रदेश सभाबाट ६ सय २४ गरि १ हजार ४ सय १६ मतभार प्राप्त गरेकोे कार्यालयको तथ्याँक रहेको छ ।
यस्तै नेकपा माओबादी केन्द्रका नरबहादुर विष्टले स्थानिय तहको १११ र प्रदेश सभा सदस्यको २१ मत प्राप्त गरेको प्रदेश निर्वाचन कार्यालय सुर्खेतका सुचना अधिकारी निर्मला रेग्मीले जानकारी दिईन् ।
उनले स्थानिय तहमा १ हजार ९ सय ९८ र प्रदेश सभाको १ हजार ८ गरि तिनहजार ६ मतभार ल्याएका थिए । रेग्मीका अनुसार विष्टका प्रतिद्धन्द्धी पदम बहादुर माझीले स्थानिय तहमा ४३ र प्रदेश सभा सदस्यबाट २१ मत प्राप्त गरेका हुन् ।
उनको मतभार भने स्थानिय तहमा ७ सय ७४ र प्रदेश सभामा ६ सय २४ गरि १ हजार ३ सय ९८ रहेको निर्वाचन कार्यालयले बताएको छ ।
स्थानिय तहका पदाधिकारी मध्य महिलातर्फको भने दुईवटा मत बदर भएको र अल्पसंख्यकमा एकमत बदर भएको रेग्मीले बताईन् ।