प्रदेश अस्पतालमा आँखा रोगको उपचार हुने
सुर्खेत । प्रदेश अस्पताल सुर्खेतमा अब आँखा रोगको उपचार हुने भएको छ । अस्पतालले माघ १६ गते आइतबारदेखि आँखा रोग सम्बन्धी ओ.पि.डि. सेवा प्रदान गर्न लागेको हो ।
अस्पतालका निर्देशक डाक्टर डम्बर खड्काका अनुसार आइतबारबाट विहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म आँखा रोग विशेषज्ञ डाक्टरहरुद्वारा आँखाको उपचार हुने छ । अस्पतालबाट २ जना विशेषज्ञ डाक्टरले सेवा प्रदान गर्ने भएका छन् ।
सरकारी स्वामित्वको प्रदेश स्तरीय अस्पतालबाट आँखा रोग सम्बन्धी सेवा प्रवाह गर्ने नेपालमै पहिलो प्रदेश अस्पतालको रुपमा सेवा प्रदान गर्न लागिएको डाक्टर खड्काले जानकारी दिए ।
अस्पतालबाट आँखा रोग सम्बन्धी सेवाका लागि प्रदेश सरकारले २० लाख बजेट विनियोजन गरेका थियो ।
अस्पतालले आइतबार औपचारिक कार्यक्रम आयोजना गरी सेवा प्रारम्भ गर्ने तयारी गरेको छ ।