कस्तो रहला आजको मौसम ?
काठमाडौं। हाल देशमा पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ। त्यसले गर्दा आइतबार देशभरको मौसम पूर्ण रुपमा नखुल्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
पश्चिमी वायुको प्रभावले आइतबार दिउँसो प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ।
यस्तै राति प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागहरुमा आंशिक बदली रहनेछ। देशको उच्च पहाडी भूभागका एकरदुई स्थानमा हल्का हिमपातको संभावना रहेको महाशाखाले जनाएको छ।
पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावले अहिले पनि पहाडी भूभागमा आंशिक बदली रही देशका तराईका भूभागमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
