भारतमा पछिल्लो २४ घण्टामा २.३२ लाख नयाँ संक्रमित भेटिए, ८८६ को मृत्यु
भारतमा शनिबार २.३२ लाख नयाँ कोरोना संक्रमित भेटिएका छन् । यस्तै ८८६ को मृत्यु भएको छ । राम्रो कुरा के हो भने यतिबेला ३.५१ लाख निको पनि भएका छन् । शुक्रबार २.३५ लाख संक्रमित भेटिए र ८७१ को मृत्यु भएको छ । अर्थात्, अघिल्लो दिनको तुलनामा नयाँ संक्रमितको संख्यामा कमी भएको छ ।
पछिल्लो ९ दिनदेखि नयाँ संक्रमितमा लगातार गिरावट देखिएको छ । तेस्रो लहरका बेला २० जनवरीमा सबैभन्दा बढी ३.४७ लाख नयाँ संक्रमित भेटिएका थिए । हाल देशमा सक्रिय संक्रमित अर्थात् उपचार गराइरहेका बिरामीको संख्या १८.७७ लाख छ । महामारीको सुरुवातदेखि हालसम्म देशमा करिब ४.१० करोड जना संक्रमणको चपेटामा आइसकेका छन् ।
