मौसम खराबका कारण सुर्खेत, पोखरा र भरतपुरकाे उडान प्रभावित
काठमाडौं। खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने नियमित उडान प्रभावित भएको छ । भिजिबिलिटी कम हुँदा पोखरा, भरतपुर र सुर्खेतमा उडान हुन नसकेको त्रिभुवन विमानस्थल नागरिक उड्ययन कार्यालयका निर्देशक (प्रवक्ता) टेकनाथ सिटौलाले बताए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा १६ सय मिटर आईएफआर छ । भिजिबिलीटी कम हुँदा ट्राफिक फ्रिक्वेन्सी घटेको प्रवक्ता सिटौलाले बताए । सिमरा विमानस्थलमा ५ किलोमिटर आइएफआर छ ।
