मन्त्री आलेविरुद्घ तथ्यहीन आरोप लगाएर बदनाम गराउन खोजियो ; सचिवालय
संरुर्कति , पर्यटन तथा नागरिक उड्डयनमन्त्री पे्रमबहादुर आलेविरुद्घ तथ्यहीन आरोप लगाएर बदनाम गराउन खोजिएको भन्दै उनको सचिवालयले आपत्ति जनाएको छ ।े
निरन्तर रुपमा मन्त्री आले तथा नेकपा (एकीकृत समाजवादी ) का नेताहरुविरुद्घ सामाजिक सञ्जालमा असभ्य टिप्पणी गरिएको भन्दै पर्यटनमन्त्री आलेका प्रमुख स्वकीयसचिव हेमन्त रेग्मीले विरोध जनाएका हुन् ।
सार्वजनिक पदमा नहँुदाका बखत भएका अनौपचारिक एवं व्यक्तिगत विषयलाई अनधिर्कतरुपमा बाहिर सार्वजनिक गरी मन्त्रीको छविमा आँच आउने काम गरिएको भन्दै दोषीमाथि कडा कारबाही गर्न स्वकीयसचिव रेग्मीले आग्रह गरेका छन् ।
मन्त्रीइ आलेमाथि सुदूरपक्षिम प्रदेशको अछाम घर भई हाल भारतको मुम्बइ बस्दै आएका जगत् ओलीको नामबाट निरन्तररुपमा उनीमाथि ब्ल्याकमेल गर्ने, उनलाई उत्तेजित गर्ने र सोही विषयलाई सामाजिक सञ्जालमा राख्रे तथा धम्क्याउने काम भएको भन्दै सचिवालयको खेद प्रकट गरेको हो ।
-रासस
