एमसीसीलाई निकास दिएर गठबन्धन बचाउन चाहन्छौँ : प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरु जसरी पनि गठबन्धन जोगाउनेमा लागेको बताएका छन्।
नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका नेता एवम् संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठबीच छलफल भएको हो।
सत्ता गठबन्धन दलको संयुक्त बैठक आज बेलुका ५ बजे बस्दैछ। एमसीसीको विषयलाई लिएर गठबन्धनबीच तीव्र मतभेद कायम भएका बेला आज बेलुका बैठक बस्न लागेको हो। तर, त्यो बैठक अघि भने सिंहदरबारमा सत्ता साझेदार तीन दलको बैठक बसेको हो।
