सुर्खेतमा विषादी सेवनबाट एक जनाको मृत्यु
सुर्खेत। सुर्खेतमा एक महिलाको विषादी सेवन बाट मृत्यु भएको छ । दैलेख जिल्ला चामुण्डाविन्द्रासैनि नगरपालिका ६ घर भई हाल जिल्ला सुर्खेत वीरेन्द्रनगर ३ बस्ने बर्ष २० का चित्रकला बुढा (अविवाहित ) ले नाम नखुलेको विषादी सेवन गरी मृत्यु भएको हो ।
बिषादी सेवन गरी घाईते भएकी बुढाकाे आज बिहान कर्णली प्रदेश अस्पताल कालागाँउ सुर्खेतमा उपचारकाे क्रममा मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
