बाढिपीडितको बासस्थानमा पुगे कर्णालीका कानुन मन्त्री शाही
सुर्खेत। कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिम बहादुर शाहीले सुर्खेतस्थित बाढिपीडितको उचीत व्यवस्थापन गर्न तयारीमा जुट्ने बताएका छन् । प्रदेश सरकारको आन्तरिक मामिला मन्त्रालयमार्फत राहात स्वरुप प्रती घरधुरी तीन लाख रुपैयाँ वितरण गरिसकिएको मन्त्री शाहीले बाढिपीडितलाई जानकारी गराएका थिए । मंगलबार बराहताल गाउँपालिका-२ गिरिघाटमा बसोबास गर्ने बाढिपिडीतलाई भेटदै मन्त्री शाहीले यस्तो बताएका हुन् ।

उनले उक्त रकमबाट आफ्नो बसाई व्यवस्थापन गर्न सुझाव दिएका छन् । बाढिपीडितले आफुहरुलाई नगद रुपैयाँ भन्दा बस्ने घर बनाईदिन मन्त्री शाहीसँग अनुरोध गरे । उनिहरुले शिक्षा, स्वास्थ्य र रोजगारीको प्रबन्ध हुने स्थानमा बसोबास गराईदिन मन्त्री शाहीसँग आग्रह गरे । बाढिपीडितको आग्रह अनुसार मन्त्री शाहीले घरबास आवश्यक पर्ने पीडितहरुको लागत संकलन गरि घरबास बनाउन योजना ल्याउने प्रतिवद्धता व्यक्त गरे।
उनले बराहताल गाउँपालिका वडा नं. २ का अध्यक्ष योवराज कार्कीलाई दोहोरो बस्ती नपर्ने गरी घरबास आवश्यक पर्ने पीडितहरुको लगत संकलन गर्न निर्देशन दिए । बाढिपीडितसँगको भेटघाट कार्यक्रममा राष्ट्रिय भूमी आयोग सुर्खेतका अध्यक्ष श्रीधर पौडेलेले बाढिपीडितहरुका लागि उपलब्ध गराइने बताएको छन् । यसअघि आयोगले संकलन गरेका फारमको आधारमा मुल्यांकन गरी बाढिपीडितलाई जग्गा उपलब्ध गराईने पौडेलले जानकारी दिए। उक्त भेटघाट कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव प्रेमराज गिरी, उपसचिव निधिराज न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।
