कर्णालीकाे समुन्नत विकासमा पहल गर्छु : मन्त्री शाही
दैलेख । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिमबहादुर शाहीले प्रदेशको समुन्नत विकासमा पहल गर्ने प्रतिवद्धता जनाएका छन् । दैलेखको भैरबी गाउँपालिकामा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै मन्त्री शाहीले कर्णालीको शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्न सरकार कटिवद्ध हुने बताएका हुन् ।
‘नेपाली जनताका लागि गरिबी, अशिक्षा र बेरोजगार मुख्य समस्याको रुपमा देखा परेको छ’ मन्त्री शाहीले कार्यक्रममा भने, ‘यसको अन्त्यका लागि प्रदेश सरकारले विभिन्न कार्यक्रम कार्यान्वयनमा ल्याउने छ ।’
प्रदेश सरकार मातहत रहेका दैलेखका कार्यालय प्रमुखहरुसँग भेटघाट तथा छलफलका लागि मन्त्री शाही विहिबार दैलेखका पुगेका थिए ।
साथै, मन्त्री शाहीलाई नेपाली कांग्रेस भैरवी गाउँ कार्य समिति दैलेखले बधाई तथा सम्मान कार्यक्रम आयोजना गरेको थियो । सो कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शाहीले पर्टीगत रुपमा प्रतिसोधको भावना नराखी नेपाली जनताको हितमा काम गर्न कांग्रेस कार्यकर्तालाई आग्रह गरे ।
