वडा अध्यक्ष कार्कीकाे शाेकमा भेरीगंगा नगरपालिकामा सार्वजनिक विदा
सुर्खेत । सवारी दुर्घटनामा मृत्यु भएका भेरीगंगा नगरपालिकाका–१ वडा अध्यक्ष नवराज कार्कीको शोकमा नगरपालिकाभर सार्वजनिक विदा दिईएको छ।
शनिबार नगरपालिकाले शोक वक्तव्य जारी गर्दै आज नगरपालिकभर सार्वजनिक विदा दिने जानकारी गराएको हो।
आज नगरपालिका, वडा कार्यालयसँगै नगरपालिका भित्रका सबै सरकारी कार्यालयमा सार्वजनिक विदा दिईएको नगरपालिकाले जारी गरेको शोक वक्तव्यमा जनाईएको छ।
वडा अध्यक्ष कार्कीको शुक्रबार राति काठमाडौंस्थित न्यूरो अस्पतालमा मृत्यु भएको हो।
