शुक्रबारदेखि ‘लप्पन छप्पन-२’, उत्साहित छन् कलाकार
काठमाडौं । आगामी शुक्रबार अर्थात् फागुन २० गतेदेखि प्रदर्शनको तयारीमा रहेको नयाँ नेपाली फिल्म ‘लप्पन छप्पन-२’ को टिमले आइतबार राजधानीमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेको छ ।
फिल्म प्रदर्शनको पूर्व सन्ध्या पारेर आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा फिल्मका मुख्य कलाकार सौगात मल्ल तथा अनुपविक्रम शाही भने अनुपस्थित रहे । उनीहरू फिल्म लाखेको छायांकनको क्रममा मुस्ताङमा छन् ।
कार्यक्रममा फिल्मका मुख्य अभिनेता अपर्ण थापा, शिव श्रेष्ठ तथा विशाल पहारी उपस्थित थिए ।
कार्यक्रममा अभिनेता अर्पण थापाले यो फिल्मबाट आफूले निकै अपेक्षा गरेको बताए ।
उनले कोरोना महामारी पश्चात यसरी कार्यक्रममा सहभागी भएर बोल्न पाउँदा खुशी लागेको सुनाए ।
फिल्म रिलिजको लागि थोरै समय बाँकी रहेकाले पनि आफुहरु फिल्मलाई धेरै भन्दा धेरै दर्शकसम्म पुर्याउन लागि चुनौती रहेको अभिनेता थापाको बुझाई छ ।
फिल्म निकै राम्रो बनेकाले पनि दर्शकलाई निराश नबनाउने विश्वास अपर्णको छ । आफुले हरेक फिल्ममा केही फरक गर्ने भएकाले पनि दर्शकको माया पाएको भनाई छ ।
फिल्मका निर्देशक मुकुन्द भट्ट ‘लप्पन छप्पन २’ पहिलो भागभन्दा १० गुणा राम्रो बनेको दावी गर्छन् ।
फिल्मको पहिलो भागले दर्शकको राम्रो साथ पाए पनि आफु सन्तुष्ट नभएका कारण आफुले आफु र दर्शक दुवैलाई सन्तुष्ट बनाउन दोस्रो भाग निर्माण गरेको बताउँछन् ।
यो फिल्ममा देशमा अहिले चलिरहेको राजनितिक विषयसँग मिल्दो जुल्दो भएका कारण पनि दर्शकले नयाँपन पाउनुका साथै मनोरञ्जन पनि भरिपुर्ण पाउने उनको भनाई छ ।
यो फिल्ममा अभिनेता शिव श्रेष्ठ पहिलो पटक खराव राजनितिज्ञको भुमिकामा प्रस्तुत भएका छन् । उनले पत्रकारसँग बोल्दै आफ्नो ४० वर्ष लामो सिनेमा करियरमा पहिलो पटक फरक र चुनौतीपूर्ण भुमिका निवार्ह गर्ने अवसर दिएकोमा निर्माण टिम र निर्देशक मुकुन्द भट्टलाई धन्यवाद दिए ।
उनले भने-‘फिल्ममा अभिनय गरेका सवै सुपरस्टार भएपनि आफु भने सामान्य कलाकार मात्रै भएको बताए । म ४० वर्षदेखि सिनेमा क्षेत्रमा छु । अझैपनि मैले धेरै कुरा सिक्दै छु । यो सिनेमाबाट पनि आफुले धेरै नयाँ कुरा सिक्न पाएको उल्लेख गरे । मैले सवैभन्दा धेरै आश गरेको सिनेमा पनि ‘लप्पन छप्पन २’ नै हो ।’
