एमसीसी संसदबाट पारित भएको बिरोधमा आज नेपाल बन्द : बन्दले जनजीवन प्रभावित
सुर्खेत । राष्ट्रघाती भनिएको एमसीसी सम्झौता संसदबाट पारित गरिएको बिरोधमा आव्हान गरिएको नेपाल बन्दले जनजीवन नराम्ररी प्रभावित बनेको छ।
बन्दकाकारण कर्णाली प्रदेशको राजधानि सुर्खेतबाट बाहिरिने सवारीसाधन ठप्प छन बन्दका कारण हामी बसपार्कमा अन्योलमा परेको यक यात्रुले बताय यस्तो जनतालाई दुख दिने बन्द कहिलेइ पनि नहोस भनी भगवान पुकार्छौ उनले दुखेसो पोखे , विरेन्द्रनगर सहर भित्र भने हल्का मोटरसाईकल चलिरहेका छन पसल हरु पनि हल्का खुलिरहेका छन भने बिहानी कक्षा संचालित स्कुल, क्याम्पसहरु सबै बन्द छन्।
उद्योगधन्दा, कलकारखाना पूर्णरुपमा बन्द गरिएका छन्। बन्दकाकारण सडकमा पैदल यात्रीको चाप पनि कमी रहेको छ। आइतबार राती संसदबाट राष्ट्रघाती भनिएको एमसीसी सम्झौता पारित भए पछि त्यसको बिरोधमा मोहन बैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, आहुति नेतृत्वको बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा, सीपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा, ऋषि कट्टेल नेतृत्वको नेकपा लगायतका राजनीतिक पार्टीहरुले नेपाल बन्दको घोषणा गरेका हुन्।



