एमालेले गर्यो कर्णाली प्रदेशसभा अवरुद्ध
नेकपा एमालेले कर्णाली प्रदेश सभामा अवरोध सुरु गरेको छ ।
सत्ता पक्षबाट आफूसँग भएका सहमति कार्यान्वयनका लागि नभएको भन्दै प्रमुख प्रतिपक्ष दल एमालेले प्रदेश सभाको सोमबारको बैठक अवरुद्ध गरेको हो ।
बैठकमा एमालेका प्रमुख सचेतक गुलाबजंग शाहले सत्तापक्ष र प्रतिपक्षबीच भएको सहमतिको विषयमा लिखित प्रतिबद्धता नआएकाले संसदको प्रक्रिया अगाडि बढ्न नदिने बताएका थिए ।
