दैलेखमा दाहाल–नेपाल समूहले निकाल्यो स्वागत जुलुस
दैलेख,१२ फागुन । पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले विघटन गरेको प्रतिनिधी सभालाई सर्वोच्च अदालतले बदर गरिदिएपछि त्यसको खुसियालीमा दैलेखमा दाहाल–नेपाल समूहले स्वागत र्याली निकालेको छ।
सर्वोच्च अदालतको प्रशंसा गर्दै दैलेखको स्थानीय गणेश चोकबाट स्वागत र्याली निकालेका हुन्। विजय र्यालीमा नेकपा दाहाल–नेपाल समूहका दैलेख पार्टी अध्यक्षतगायत अन्य नेता तथा कार्यक्रर्ताहरुको सहभागिता स्वागत र्याली निकालिएको हो ।
नेपाल कम्युनिस्ट पार्टी नेकपा दैलेखको आयोजनामा निकालिएको स्वागत र्यालीमा सहभागी भएकाहरूले विघटित प्रतिनिधिसभा पुन स्थापना गर्ने सर्वोच्च अदालतको फैसलाको स्वागत गर्दै विधिको शासन र संविधानको पूर्ण पालना भएको बताए।
यस्तै, नेपाल कम्युनिष्ट पार्टी नेपपा ओली समूह कर्णाली प्रदेश कमिटीले यही फागुन १४ गते सुर्खेतमा गर्न लागेको विशाल जनसभा स्थगित भएको जनाएको छ। ओली समूह जिल्ला कमिटी दैलेखले एक विज्ञप्ति जारी गर्दै सुर्खेतमा गरिने भनिएको जनसभा स्थगित भएको जनाएको हो।
पार्टीका जिल्ला अध्यक्ष रविन्द्रराज शर्माद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, २०७७ फाल्गुन १४ गते नेपाल कम्युनिस्ट पार्टी नेकपा कर्णाली प्रदेश कमिटीको आयोजनामा वीरेन्द्रनगर सुर्खेतमा आयोजना गरिएको विशाल जनसभा हाल उत्पन्न भएको राजनीतिक घटनाक्रमका कारण स्थगित भएको जानकारी गराउँदछु।
उक्त जनसभालाई प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री राम बहादुर थापा (वादल) लगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको थियो।

