बीरेन्द्रनगरमा प्रहरीकाे कुटपिटबाट एकजनाकाे मृत्युु
सुर्खेत । सुर्खेतकाे बीरेन्द्रनगरमा प्रहरीकाे कुटपिटबाट एकजनाकाे मृत्युु भएकाे छ। नेपालगन्जदेखि सुर्खेत आउदै गर्दा गाडिमा सवार कालिकोटकाे तिलागुफ्फा नगरपालिकाका ३४ बर्षका मिनि हमालकाे मृत्यु भएकाे छ।

भे १ क ९२२ नम्बरको गाडीमा सवार यात्रु समेत रहेका हमालकाे गएराति सुब्बाकुना प्रहरी चाैकिमा निर्घात कुटपिट भएकाे आफ्नतआफन्तले जनाए ।
कुटपिटबाट गम्भीर घाइते भएका हमालकाे उपचारकाे क्रममा सुर्खेत हस्पिटलमा मृत्युु भएकाे जनाईएकाे छ।

‘प्रहरीले तल्लो पेट र अण्डकोषमा चोट लागेको थियो।’ मृत्तकका अंकल कलमबहादुर हमालले भने, गाडीको स्टाफलाई पनि दुई जना प्रहरीले कुटपिट गरेका थिए। उनीहरु प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको छ।’ उपचारका क्रममा सुर्खेत हस्पिलतमा शनिबार दिउँसो मृत्यु भएको हो।
के कति कारणले मृत्यु भयो भन्नेबारे अनुसन्धान भईरहेको सुर्खेत प्रहरी प्रवक्ता रामप्रसाद घर्तीले जानकारी दिए। ‘कुटपिटपछि मृत्यु भन्ने खवर आयो।’ प्रहरी प्रवक्ता घर्तीले भने, विस्तृत विवरण बुझ्दै छौं। अनुसन्धानपछि सवै खुल्नेछ।’
अहिले ठूला संख्यामा आफन्तहरु सुर्खेत हस्पिटलमा जम्मा भएका छन्। सुर्खेतमा सम्भावित हुनसक्ने आन्दोलनलाई ध्यानमा राखेर प्रहरी परिचालन व्यापक गरिएको छ।
